Section 6A
परिषद्को बैठक

(१) परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्नेछ ।
(२) परिषद्को बैठक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को सम्पूर्ण सदस्य संख्याको कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र परिषद्को अध्यक्षको अनुपस्थितिमा परिषद्का सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(५) परिषद्को निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(६) परिषद्को बैठक सम्बन्धी अन्य कुराहरू परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।